तातोपानी नाका फेरि सञ्चालन
चाैतारा। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि पुनःसुसञ्चालन भएको छ। भोटेकोशी बाढीले क्षति पु-याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो।
नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए।
एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाषक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ।
चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामा चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ।
भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र शुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र राजधानी भित्रिने बताइएको छ। आयातित सामानमा प्रायःजसो स्याउ, तयारी पोशाक, जुत्ता चप्पल, मास्क तथा जलद्यिुत् आयोजनाका यान्त्तिक सामान रहेको बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment