खाना पकाउने ग्याससहित पेट्रोल डिजेलमा मूल्य वृद्धि

डिसी नेपाल
२९ माघ २०७७ ६:५९
208
Shares

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ।

निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ। निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.