पर्यटन विकास र प्रवद्र्धन गर्न दुइ सय नयाँ आयोजना छनोट

डिसी नेपाल
१ फागुन २०७७ ११:१५

काठमाडौं। पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले २ सय आयोजना छनोट गरेको छ। स्थानीय तहले गरेको सिफारिसका आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त आयोजना छनोट गरेको हो।

मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट आव २०७७ र ०७८ साझेदारीमार्फत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमहरुका लागि भदौमा प्रस्ताव माग गरेको थियो।

उक्त निर्देशिका अनुसार प्रदेश र महानगरपालिकाले ५० प्रतिशत, उपमहानगरपालिकाले ४० प्रतिशत, नगरपालिकाले ३५ प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत खर्च आफैँ व्यहोर्नुपर्ने उल्लेख छ। यस्तै, प्रदेशमा ३० करोड, महानगरपालिकामा १५ करोड, उपमहानगरमा १० करोड, नगरपालिकामा ७ करोड र गाउँपालिकाले ५ करोडसम्मको आयोजना प्रस्ताप पेश गर्न सक्ने व्यवस्था छ।

छनोटमा परेका २ सय आयोजनाको समयावधि १ वर्षदेखि ३ वर्षसम्म तोकिएको छ। छनोट गरिएको आयोजना मध्ये सबैभन्दा धेरै प्रदेश नम्बर १, वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *