भालुको पित्तसहित एकजना पक्राउ
काठमाडौं । काठमाडौं बुढानिलकण्ठस्थित विष्णुमती चोकबाट १ सय ३ ग्राम भालुको पित्तसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ७ विष्णुमती चोक बस्ने संखुवासभा चिचिला गाउँपालका २ घर भएका ३२ वर्षीय बिगुन राई रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रतिबन्धित भालुको पित्त अवैध रुपमा विक्रिका लागि लुकाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो । बरामद भालुको पित्त प्रतिग्राम २५ हजार रुपैयाँ दरले विक्री गर्ने उद्देश्यले ल्याएको खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment