९ महिनाअघि माइला र ५ दिनअघि कान्छा भाइ गुमाएका रणधीर कपूरप्रति फ्यान किन आक्रेशित ?
काठमाडौं। बलिउड अभिनेता रणधीर कपूर फ्यानको आलोचनाको निशानामा परेका छन् । ५ दिनअघि मात्रै कान्छा भाइ राजीव कपूरलाई गुमाएका रणधीरले गएको अप्रिल ३० मा माइला भाइ ऋषि कपूरलाई पनि गुमाएका थिए । आज ७४ वर्ष पुगेका रणधीरले गएराती आफ्नो जन्मदिनको पार्टी राखेका कारण उनी फ्यानको आलोचनामा परेका हुन् । गएराती रणधीरको जन्मदिनको पार्टी आयोजना गरिएको थियो ।
पार्टीमा रणधीरका छोरीहरु करिश्मा, करिना, ज्वाइँ सैफ अली खान, भान्जा आदर जैन, भाइ ऋषि कपूरकी पत्नी नीतु, भतिजा रणबीर, भतिजी ऋद्धिमा, अभिनेत्री आलिया भट्ट, तारा सुतारिया, अभिनेता संजय कपूरलगायतका सेलिब्रेटी देखिएका थिए । पार्टी राती १ बजेसम्म चलेको थियो । रणधीरका भाइ राजीवको निधनको केवल ५ दिनपछि भएको यो पार्टीलाई लिएर सामाजिक संजालमा कपूर परिवारको तीब्र आलोचना भइरहेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment