दुई वर्षको गैँडा मृत फेला

डिसी नेपाल
६ फागुन २०७७ ९:०४
148
Shares

चितवन । राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम रोकिएको छैन। बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा करिब दुई वर्ष उमेरको पोथी बच्चा गैँडा मृतावस्थामा फेला परेको छ। सो गैँडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए।

मृत्युको कारणबारे थप अध्ययनका लागि आवश्यक नमूना सङ्कलन गरी भेटेरिनरी शाखामा पठाइएको उनले बताए। उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन्। चालु आर्थिक वर्षको हालसम्म योसहित २५ गैँडा मरेका छन्। तीमध्ये चार वटा शिकारीले मारेका हुन् भने २१ प्राकृतिक कारणले मरेका हुन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *