मनहरी गाउँपालिकाका उपाध्यक्षद्वारा पदबहाली
मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आइतबार कार्यालय पुगेर पुनर्बहाली गरेकी छन् । उनले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए । उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैधरुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गरिएको जानकारी दिइन्। आफूले उक्त अवैध राजीनामालाई बदर गरी साबिक बमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी गत पुस २८ गते निवेदनपत्र दर्ता गरिएको थियो । यही फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साबिक बमोजिमै पुनर्बहाली गर्नु भनी अदेश दिएको थियो । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment