बालुवाटारमा सुरक्षा परिषदकाे बैठक जारी
फाइल फाेटाे।
काठमाडौं। सुरक्षा परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको छ।
पुस पाँच गते प्रतिनिधिसभा विघटन भएसँगै त्यस उपर परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सकिएको छ। सर्वोच्चले केही दिनभित्रै प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको फैशला सुनाउँदै छ। त्यसैको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको बैठक बसेकाे हाे।
सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपनि वा प्रधानमन्त्रीको कदमलाई सदर गरेपनि त्यसपछि उत्पन्न हुने परिस्थितिका विषयमा बैठकमा छलफल भइरहेकाे बताइएकाे छ।
सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चेलेन्द्र शमशेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेपछि विभिन्न अड्कालबाजी भएरहेका बेला त्यसैको भोलिपल्ट सुरक्षा परिषद बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि कात्तिक ५ गते सुरक्षा परिषदको बैठक बसेको थियो।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदको सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन्।







डिसी नेपाल








Facebook Comment