नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले बोलायो संसदीय दलको बैठक
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नेकपा ( प्रचण्ड–माधव नेपाल) समूहले बुधबार संसदीय दलको बैठक बोलाएको छ। बुधबार अपरान्ह चार बजे बोलाइएको संसदीय दलको बैठकमा नेकपा ओली समूहका सांसदलाई समेत आमन्त्रण गरिएको छ।
यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ। सर्वोच्चले १३ दिनभित्र संसदको अधिवेशन बोलाउन आदेश दिएसँगै प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।
उक्त बैठकमा ओली समूहका सांसद सहभागी हुने नहुने विषयमा केही खुलेको छैन। प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रचण्ड–नेपाल समूहले दीपावली गरेको छ। अधिकांश राजनीतिक दल नेताले सर्वोच्चको फैसललाई स्वागत गर्दै ऐतिहासिक भनेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment