पशुपतिमा राखियो एक सय आठ किलो सुनको जलहरी
काठमाडौं। पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ। बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको हो।
हिन्दु धर्मालम्बीहरुको प्रसिद्ध तिर्थस्थल पशुपतिनाथमा १ सय ८ किलोको सुनको जलहरी राखएको छ। पशुपति क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार यसका लासग ८० करोड खर्च भएको छ। पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही जलहरीलाई सुनको आवरणले ढाकेको कोषले जानकारी दिएको छ।
गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment