विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नगराउन गृहको आदेश

डिसी नेपाल
१४ फागुन २०७७ १०:०५
408
Shares

काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि गृहमन्त्रालयले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई सर्कुलर जारी गरेको छ।

गृहमन्त्रालयले नेपाली प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टा छुट्टै सर्कुलर जारी गरी सर्वोच्चको फैसलापछि विजय जुलुस मनाउने र त्यसका प्रतिकारमा निस्किने जुलुसलाई भेट नगराउने व्यवस्था मिलाउन सर्कुलर जारी गरेको हो। तीनवटै सुरक्षा निकायलाई फरक फरक सर्कुलर जारी गरेपनि त्यसको भाषा भने एउटै रहेको गृह स्रोतले जनाएको छ।

नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि ठाउँ ठाउँमा विजय जुलुस निकाल्दै आएको छ। तर त्यसको प्रतिकारमा जुलुस निस्किएको भने छैन।

तर सम्भावित मुडभेढलाई ध्यानमा राख्दै गृहले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई विजय जुलुस मनाउने र त्यसको प्रतिकारमा जुलुस निस्किए भेट नहुने वातावरण बनाउन सर्कुलर जारी गरेको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *