मन्त्रिपरिषद बैठक बस्दै, संसद बैठक आह्वानका लागि सिफारिस पठाउने संभावना
फाइल तस्वीर
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ। शुक्रबार साँझ पाँच बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।
बैठककमा एजेण्डाका विषयमा मन्त्रीहरुलाई जानकारी दिइएको छैन, तर प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति सक्षम सिफारिस पठाउने संभावना रहेको एक मन्त्रीले जानकारी दिए।
बुधबार बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै सरकारले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने अनुमान गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment