अदालतको अवहेलना मुद्दामा प्रचण्डले सर्वोच्च पुगेर लिखित जवाफ पेश गरे

डिसी नेपाल
१६ फागुन २०७७ ११:४४

काठमाडौं। अदालतको अवहेलना मुद्दामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सर्वोच्च अदालतमा उपस्थित भइ लिखित जवाफ पेश गरेका छन् । आइतबार बिहआन सर्वोच्च अदालत पुगेका प्रचण्ड जवाफ बुझाएर फर्किएका छन् । उनले के जवाफ दिए भन्ने अझैसम्म खुलासा भइसकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यसविरुद्ध अदालतमा मुद्दा परेका बेला प्रचण्डले विराटनगरमा एक सभालाई सम्बोधन गर्दै यस विषयमा अभिव्यक्ति दिएका थिए । मुद्दा विचाराधीन रहेको अवस्थामा प्रचण्डले दिएको त्यो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

अधिवक्ता समिर हायूले दायर गरेको मुद्दाको सुनुवाइको क्रममा बुधबार सवर्जोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भइ लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलना मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगाना पनि जवाफ पेश गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *