फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

डिसी नेपाल
१७ फागुन २०७७ १०:५३
160
Shares

काठमाडौं। सरकारले फागुन २३ गते अपरान्ह चार बजे संसद बैठक बोलाउने निर्णय गरेको छ।

सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अपरान्ह चार बजे संसद बैठक बोलाउन राष्ट्रपति सक्षम सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फोले जानकारी दिइन्।

‘सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्न सर्वोच्चले दिएको समयसीमा भित्रै बैठक बोलाउन २३ गतेलाई संसद बैठक अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो,’ मन्त्री तुम्वाहाम्फेले डिसी नेपालसँग भनिन्।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएपछि सरकारले फागुन २३ गते अपरान्ह चार बजेका लागि संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.