राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत

डिसी नेपाल
१७ फागुन २०७७ १६:२८
92
Shares

काठमाडौं। बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारी नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजभण्डारीलाई सोमबार गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।

नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *