ओलीले बोलाएको संसदीय दलको बैठक बालुवाटारमा जारी
काठमाडौं। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गरे लगत्तै खारेज भएको नेकपाको ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा यतिबेला बैठक जारी छ। सो समूहका प्रमुख सचेतक विशाल भट्टराईले बैठक जारी रहेको जानकारी दिए।
सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको नेकपालाई मान्यता दिँदै सत्तारुढ नेकपाको दर्ता खारेज गरेको थियो। साथै सर्वोच्चले तत्कालिन एमाले र माओवादी केन्द्रलाईसमेत ब्युँताइदिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment