सर्वोच्चको फैसला बिचित्रको, एमालेमा रहेर माओवादीसँग एकताको पहल गर्छौं : माधव नेपाल
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसाल विचित्रको लागेको टिप्पणी गरेका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले नेकपा खारेज गर्ने सर्वोच्चको फैसलालाई विचित्रको भएको टिप्पणी गरेका हुन्। आइतबार सर्वोच्च अदालतले नेकपा खारेज गर्ने निर्णय गरेको थियो।
फरक प्रसंगमा नेता नेपालले एमालेको बैठक बोलाउने विषयमा आफूलाई कुनै जानकारी नभएको पनि गुनासो गरे। ‘एमालेको बैठक बोलाउने विषयमा मलाई कुनै जानकारी छैन।
मेरो कसैसँग सम्पर्क भएको छैन, मलाई सरकारका मान्छेहरुले पनि सम्पर्क गरेका छैनन्,’ नेता नेपालले भने, ‘यो सरकारलाई निरन्तरता दिने वा नदिने विषयमा पनि कुनै छलफल भएको छैन।’
उनले अब आफूहरु एमालेमै बसेर माओवादीसँग एकीकरणका लागि पहल गर्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment