आगामी रणनीति बनाउन माधव समूहको छलफल जारी
काठमाडौ। नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठक शुरु भएको छ। राजधानी काठमाडौंस्थित एक होटलमा सो समूहको बैठक जारी छ।
नेकपा कायम रहादा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग जोडिएको सो समूह सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि ओलीलाई फेरि अध्यक्ष मान्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ।
नेकपाका कायम रहँदा प्रचण्ड–माधव समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेतबाट हटाएको थियो।
अब एमाले ब्युँतिएर सक्रिय भएपछि एमालेका अध्यक्ष ओलीको नेतृत्व स्वीकार गर्न माधवकुमार नेपाल समूह बाध्य भएको छ। त्यसैले परिवर्तित यो अवस्थामा कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गर्न सो समूहको बैठक चलिरहेको एक नेताले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment