जोन्सन एन्ड जोन्सन खोपलाई युरोपमा अनुमति

डिसी नेपाल
२८ फागुन २०७७ १८:२२
24
Shares

बीबीसी । युरोपमा जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको एकै मात्रा लगाए पुग्ने कोरोना भाइरसको खोपलाई नियामक निकायको स्वीकृतिपश्चात् प्रयोगको अनुमति दिइएको छ।

युरोपेली युनियनको औषधि नियामक निकाय युरोपियन मेडिसिन्स एजेन्सीले यसअघि फाइजर, मोडेर्ना तथा आस्ट्राजेनेका कम्पनीका खोपलाई अनुमति दिइसकेको छ।

जोन्सन एन्ड जोन्सनका प्रमुख वैज्ञानिक अधिकारी पल स्टोफल्स भन्छन्, ‘यो खोप वितरण गर्न सजिलो छ। दुईदेखि आठ डिग्रीमा भण्डार गर्न सकिन्छ।’

‘गम्भीर बिमारी,अस्पताल भर्ना हुनुपर्ने वा मृत्युको हकमा यसको प्रभाव ८५ प्रतिशत छ। यो परिणाम विभिन्न महादेशमा विभिन्न समुदायमा अनि विभिन्न प्रकारका कोरोनाभाइरसमा पाइएको हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *