माधव समूहको आकस्मिक स्थायी कमिटी बैठक जारी
फाइल
काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफू विरोधलाई पाखा लगाउँदै पार्टीको विधान नै संशोधन गरिदिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल अगुवाइमा रहेको समूहको आकस्मिक बैठक बसेको छ।
नयाँबानेश्वरस्थित अर्याल होटलमा माधव समूहको स्थायी कमिटीको आकिस्मक बैठक बसिरहेको छ। ओलीले बालुवाटार बैठकबाट वरिष्ठ नेता माधवकुमार नेपालसहित पदाधिकारीको पद नै खारेज गरिदिएका छन् भने माधव निकट रहेका नेताहरुको जिम्मेवारी खोसेर आफू निकट नेताहरुलाई जिम्मेवारी दिएका छन्। यस्तै पार्टीको महाधिवेशन मितिसमेत तोकेका छन्।
आइतबार एमालेको केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। तर, सो बैठक हुनुभन्दा दुई दिन अगाडिमात्र ओली समूहले माधव समूहलाई पाखा लगाउने गरी निर्णय गरेको हो। ओली समूहले शुक्रबारको बैठकलाई केन्द्रीय कमिटी बैठक भनेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment