नेकपा एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज

डिसी नेपाल
२९ फागुन २०७७ ९:०३
164
Shares

काठमाडौं । नेकपा एमाले (नेपाल) समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकले शनिबार ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने बारे छलफल गरेको थियो।

शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले (ओली)समूहको बैठक गरी पार्टी कमिटीहरु पुनर्गठन तथा विस्तार र महाधिवेशनको मिति तोकेका थिए। नेपाल समूहले आजको केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल गर्ने बताइएको छ।

माधव नेपाल पक्षले शुक्रबारै पार्टीको समानान्तर कमिटी गठन गर्ने निर्णय गरिसकेको छ। ओलीले नेपाल पक्षलाई थाहै नदिइ महाधिवेशनको मिति तोक्नेदेखि विभिन्न कमिटी पुनर्गठन एवम् विस्तार गरेपछि विवाद बढेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *