चलिरहेको रेलमा आगलागी

डिसी नेपाल
२९ फागुन २०७७ १५:४७
664
Shares

काठमाडौं (एजेन्सी)। भारतमा एक रेल दुर्घटना भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीबाट देहरादुनका लागि चल्ने शताब्दी ट्रेनमा शनिबार दिउँसो आगलागी भएको छ।

दिल्लीबाट देहरादुनका लागि चलिरहेको रेलमा रायवाला क्षेत्रमा आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो दुर्घटनामा कुनै मानवी क्षति नभएको जनाइएको छ। रेलमा अचानक आगलागी भएपछि आपतकालिन ब्रेक लगाएर रेल रोकिएको थियो। आगलागी भएको रेलको डिब्बामा ३५ जना यात्रु रहेका थिए।

उनीहरुलाई रेलको अर्को डिब्बमा सुरक्षित स्थानान्तरण गरिएको थियो। त्यसपछि आगलागी भएको डिब्बालाई इन्जिनबाट अलग गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *