श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध
काठमाडौं । श्रीलंकाले बुर्कालाई प्रतिबन्ध गरेको छ । श्रीलंकाले राष्टिय सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक स्थानमा बुर्का लगाउन नपाइने फैसला गरेको हो।
त्यहाँका जनसुरक्षामन्त्री शरत वीरशेखरका अनुसार उनले क्याबिनेटको उक्त आदेशमा हस्ताक्षर गरेका छन् । उक्त प्रतिबन्ध अब त्यहाँका संसदबाट पास भएमा लागु हुनेछ ।
सन २०१९ मा इस्टरका दिन श्रीलंकाको चर्च तथा होटलमा आतंकवादी आक्रमण भएको थियो । उक्त आक्रमणको दुई वर्षपछि श्रीलंकाको सरकारले उक्त फैसला गरेको छ ।
अप्रिल महिनामा भएको आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आक्रमणपछि त्यहाँको सरकारले केही समयको लागि अनुहार छोप्न नपाइने नियम लागु गरेको थियो । तर अहिलेको प्रतिबन्ध भने दिर्घकालिन गराउने योजना रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment