तस्वीरको एउटा डिजिटल फाइलको मूल्य ८ अर्ब रुपैयाँ
काठमाडौं। अमेरिकी कलाकार बीपलको तस्स्वीरको एक डिजिटल फाइल ६९.३ मिलियन डलर (८ अर्ब रुपैयाँ)मा बिक्री भएको छ । यो ठूलो तस्वीर विभिन्न तस्वीरहरुको डिजिटल कोलाज हो । यो कोलाजको कुनै भौतिक संस्करण उपलब्ध छैन । यो केवल डिजिटल मात्र हो । बेलायतको लिलामी कम्पनी क्रिस्टीको माध्यमबाट कोलाजको लिलामी गरिएको हो ।
यो कोलाजको नाम ‘एभ्रिडेजः द फर्स्ट फाइभ थाउजंड डेज’ राखिएको छ । लिलामीको लागि यो कोलाजलाई करिब २ हप्तासम्म अनलाइन उपलब्ध गराइएको थियो । कोलाजको सुरुवाती मूल्य केवल १०० डलर राखिएको थियो । क्वार्जको रिपोर्टअनुसार यो फाइलको साइज ३१९ मेगाबाइट छ । यससँगै यो कोलाज अहिलेसम्मकै सबैभन्दा महंगो नन फंजिबल टोकन (एनएफटी) बनेको छ ।
गत महिना मात्रै बीपलको एक भिडियो पनि निकै महंगोमा बिकेको थियो । १० सेकेण्डको भिडियो ६.६ मिलियन डलरमा बिक्री भएको थियो । अहिले बिक्री भएको बिपलको कोलाजमा ५ हजार तस्वीर छन् । यी तस्वीर विगत १३ वर्षका क्रममा बनाइएका हुन् । बीपलले १ दिनमा एउटा मात्र तस्वीर बनाउँथे । यो कोलाज खरिद गर्ने व्यक्तिको नाम भने खुलासा गरिएको छैन ।







डिसी नेपाल








Facebook Comment