माओवादीको बैठकमा प्रदेशहरुको अवस्थाबारे रिपोर्टिङ

डिसी नेपाल
१ चैत २०७७ १५:३९
216
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको प्रदेश संगठनका विषयमा रिपोर्टिङ गरिएको छ। आइतबारको बैठकमा प्रदेश समितिमा को नेता कता छन् ? भन्ने विषयमा रिपोर्टिङ भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए।

उनका अनुसार आइतबार रिपोर्टिङको विषय सकिएको छैन। सोमबार यो विषयमा फेरि छलफल चल्नेछ। सर्वोच्चले माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि माओवादीले संगठन निर्माणलाई केन्द्रमा राखेर काम गर्ने जनाएको छ। सोही अनुसार बैठकमा प्रदेश समितिको अवस्थाबारे रिपोर्टिङ गरिएको हो। तर, कुन प्रदेशमा के अवस्था छ भन्ने विषयमा भने जानकारी दिइएको छैन।

उता एमालेमा गएका १३ जना नेताहरुलाई कारबाहीको निर्णय स्थायी समितिले गरिसकेकाले अब केन्द्रीय समितिले त्यसलाई कार्यान्वयनमात्र गर्ने स्थायी समिति सदस्य शाहले जानकारी दिए। यस्तै पार्टीको नाम परिवर्तनको एजेण्डासमेत बैठकमा पेश भएको उनले बताए। तर, सो एजेण्डामाथि छलफल भने सुरु भइसकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *