भ्याटिकनले समलिंगी बिहेलाई आशिर्वाद नदिने

डिसी नेपाल
२ चैत २०७७ १८:५७
72
Shares

रोम (एजेन्सी)। भ्याटिकन सिटीले समलिंगी बिहे गर्ने जोडीलाई आशिर्वाद नदिने बताएको छ। क्याथोलिक चर्चका धर्म गुरु पोप फ्रान्सिसले अनुमोदन गरेको एक विवरणमा भ्याक्टिनले समलिंगी बिहेलाई प्रभुले पाप मान्ने भन्दै पापीलाई आशिर्वाद नदिने उल्लेख गरिएको सीएनएनले जनाएको छ।

पश्चिमा देशहरुले समलिंगी बिहेलाई कानुनी मान्यता दिने लहर चलिरहेका बेला भ्याक्टिनले गरेको यो निर्णयले समलिंगीहरुलाई निराश पार्ने र विभेदमा पार्ने सम्भावना बढेको विश्लेषण गरिएको छ।

बिहे गर्ने जोडीलाई आशिर्वाद नदिए पनि क्याथोलिक चर्चमा पढ्न आउने एलजीटीबीक्युलाई भने आशिर्वाद दिने उल्लेख गरिएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *