क्यापिटल हिल आक्रमणमा प्रहरी अधिकृत सिकनिकमाथि आक्रमण गर्ने २ जना पक्राउ
A US Capitol Police Officer salutes the remains of late US Capitol Police officer Brian Sicknick, who died on January 7 from injuries he sustained while protecting the US Capitol during the January 6 attack on the building, in the US Capitol Rotunda in Washington, DC February 2, 2021. (Photo by LEAH MILLIS / POOL / AFP) (Photo by LEAH MILLIS/POOL/AFP via Getty Images)
वाशिङ्टन (एजेन्सी)। ६ जनवरीमा अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणका क्रममा प्रहरी अधिकृत ब्रयान सिकसिनमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन्। अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार प्रहरीले भिडियो प्रमाणका आधारमा प्रहरी अधिकृत सिकसिनमाथि आक्रमण गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो।
क्यापिटल हिल आक्रमणकारीहरुको आक्रमणमा परी प्रहरी अधिकृत सिकसिनको मृत्यु भएको थियो। तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले क्यापिटल हिलमा आक्रमण गरेका थिए। अमेरिकी इतिहासमा निकै लाजमर्दो घटनाका रुपमा लिइएको सो घटना तत्तकालिन राष्ट्रपति ट्रम्पको कारण भएको भन्दै उनीमाथि महाभियोगको प्रस्तावसमेत दर्ता भएको थियो। यद्यपी सो प्रस्ताव भने पारित हुन सकेन।
राष्ट्रपतीय चुनावमा जो बाइडेनसँग पराजित भए पनि ट्रम्पले आफूले चुनाव जितेको भ्रमणपूर्ण प्रचार गरेका थिए। जसका कारण उनका कट्टर समर्थकले संसद भवनमा आक्रमण गरेका थिए। अमेरिकी प्रहरीले क्यापिटल हिल आक्रमणको घटनामा करिब ३०० जनाविरुद्ध मुद्दा चलाएको जनाइको छ।







डिसी नेपाल








Facebook Comment