प्रधानमन्त्री निवास वालुवाटारमा चियापान, नेपाल समूह नजाने
काठमाडौं। नेकपा (एमाले) आली समूहले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेको छ। एमालेभित्रको तिक्तता बढीरहेका बेला सोमबार ओली र नेपाल समूहबीच वार्तालाप भएको थियो।
आज विहान ११ बजे हुने चियापानमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई बोलाएका छन।
ओली समूहले सबै केन्द्रीय नेताहरुलाई चियापानमा सहभागिका लागि निम्तोसहितको सन्देश पठाएको स्रोतले जानकारी दिएको छ।
ओली समूहले मोबाइलमा निम्तोसहितको सन्देश पठाए पनि आफूहरु नजाने नेपाल समूको अडान रहेको छ। स्रोतले भन्यो, ‘हामी नजाने भएका छौं। बाँकी छलफल हुँदै गर्छ।’
सोमबार पार्टी कार्यालय धुम्बारहीमा दुबै समूहबीच वार्ता भएको थियो। वार्तामा आआफ्ना अडानका कारण निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको प्रतिक्रिया दुवै समूहले दिएका थिए।
वार्तामा प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेको निर्णय नमान्ने नेपाल समूहले अडान राखेको छ भने उक्त चैत ३÷४ गने हुने कार्यकर्ता भेला नगर्न ओली समूहले नेपाल समूहलाई आग्रह गरेको छ।
तर, नेपाल समूहले आफ्ना कार्यक्रम निरन्तरता दिने भएको छ। चैत ७ गते ओली समूहद्वारा बोलाइएको बैठकमा पनि सहभागि नहुने नेपाल समूहको धारणा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment