१५ अर्ब बढीको ’ट्रेजरी बिल’ बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्दैछ। बैंकले आज (सोमबार) बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो। सरकार वा राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ।
सोमबार बोलकबोल भएर मंगलबार ट्रेजरी बिल इस्यु हुने बताइएको छ। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ३ करोड रुपैयाँ, १ सय ८२ दिनका लागि ४ अर्ब ३० करोड र ३ सय ६४ दिनका लागि २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ।
बैंकले गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिने बताएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment