बिटक्वाइन तिरेर टेस्ला कार किन्न सकिने

डिसी नेपाल
१२ चैत २०७७ १८:२१
284
Shares

बीबीसी । टेस्ला विद्युतीय कार अब क्रिप्टोकरेन्सी बिटक्वाइन तिरेर किन्न सकिने कम्पनीका प्रमुख इलोन मस्कले बताएका छन्। मस्कले एक ट्वीट गर्दै त्यस्तो अप्रत्याशित घोषणा गरेका हुन्।

बिटक्वाइनको मूल्य दिनदिनै घटबढ भइरहने भएकोले टेस्ला कारको बिटक्वाइन मूल्य पनि दिनदिनै फरक हुन सक्छ। टेस्लाले हालै एक करोड ५० लाख डलर बिटक्वाइनमा लगानी गरेको थियो जसका कारण बिटक्वाइनको मूल्य इतिहासमै सर्वाधिक भएको छ।

मस्कले बिटक्वाइन भुक्तानी ग्रहण गर्न टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर प्रयोग गर्ने बताएका छन्। टेस्ला बेचेर आएको बिटक्वाइन क्रिप्टोकरेन्सीकै रूपमा राख्ने र अन्य मुद्रासँग नसाट्ने पनि मस्कले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *