भारतीय राष्ट्रपति अस्पताल भर्ना

डिसी नेपाल
१३ चैत २०७७ २०:४२
68
Shares

नयाँ दिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन् ।

छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अस्पतालले उनको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ । “राष्ट्रपति कोविन्द अस्पताल आउनु भयो, उहाँले आज विहान छातीमा असजिलो महसुस गरेपछि उहाँलाई अस्पताल ल्याइएको हो,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

राष्ट्रपति कोविन्द अझै पनि चिकित्सकहरुको निगरानीमै रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्लादेश गएकै दिन राष्ट्रपति कोविन्द अस्पताल भर्ना भएका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *