इजिप्टमा रेल दुर्घटनामा परी ३२ को मृत्यु, ६६ घाइते

डिसी नेपाल
१३ चैत २०७७ २०:५०
60
Shares

सोहाग । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ ।

दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किएका हुन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ ।

घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

“यो दुर्घटना एकदमै डर लाग्दो दुर्घटना हो, आम मानिसले रेल यात्रा गर्न पनि असुरक्षा महसुस गर्न थालेका छन्, रेल यात्रा गर्दा कतिसम्म नराम्रो घटना हुँदो रहेछ भन्ने डर मानिसमा परेको छ,” एक जना कृषक अहमद रेफातले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *