मेगन मर्केलका पिताले चिठी लेखेर आफ्नो अन्तरवार्ता लिइदिन ओप्रा विन्फ्रेलाई अनुरोध गरे
काठमाडौं। बेलायती राजकुमारी मेगन मर्केलका पिता थोमस मर्केलले चर्चित टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेलाई एउटा पत्र लेख्दै आफ्नो अन्तरवार्ता लिइदिन आग्रह गरेका छन् । थोमसले ओप्रासँग आफू र आफ्नी छोरी मेगनको सम्बन्धबारे अन्तरवार्ता लिइदिन आग्रह गरेको पत्र आफैं गएको ओप्राको घरमा पुर्याएका छन् ।
बिहीबार ७६ वर्षका थोमस ओप्राको क्यालिफोर्नियास्थित घरमा पुगेर घरबाहिर रहेका सुरक्षाकर्मीलाई आफ्नो पत्र दिएका हुन् । यसअघि मेगन र राजकुमार ह्यारीले ओप्रालाई दिएको एक अन्तरवार्तामा मेगनले आफ्ना पिताले दिएको ‘धोका’बारे बोलेकी थिइन् । यही विषयमा थोमसले आफ्नो कुरा भन्न चाहेको विश्वास गरिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment