म्यानमारमा हिंसा भड्कियो, कम्तिमा ५० जना प्रदर्शनकारी मारिए

डिसी नेपाल
१४ चैत २०७७ १८:०८
604
Shares

यङ्गुन (एजेन्सी)। सेना सत्ता हात लिएपछि भएको विरोध प्रदर्शनले शनिबार म्यानमा उग्र रुप लिएको छ। शनिबार आम्र्ड फार्सेज डेका अवसरमा सेनाले गरेको कू विरुद्ध ठूलो संख्यामा मानिसहरु सडकमा निस्केको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको र कम्तिमा ५० जना मारिएको बीबीसीले उल्लेख गरेको छ। एएफपीले त मारिनेहरुको संख्या कम्तिमा ५९ जना रहेको जनाएको छ। मारिनेहरुमा केही बालबालिका पनि रहेको जनाइएको छ।

गत फेब्रअुरीमा सेनाले कू गरेपछि शुरु भएको विरोध प्रर्दशमा हालसम्म ३५० जनाको मृत्यु भइसकेको छ। आम्र्ड फोर्सेज डेका अवसरमा विरोध प्रदर्शन भए कडा कारबाही गरिने चेतावनी दिएको सेनाले शनिबार प्रर्दशनकारीमाथि निर्मम रुपमा गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

उता राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सेना प्रमुख मिंग आंग लाइंगले आफूले लोकतन्त्रको रक्षा गर्ने बताएका छन्। उनले देशमा चुनाव गराउनेसमेत बताएका छन्। तर, उनले कहिले चुनाव गराउने भन्ने विषयमा भने कुनै मिति नतोकेको जनाइएको छ।

फेब्रुअरीमा सेनाले जनविर्नाचित सरकारलाई च्यूत गर्दै सत्ता हातमा लिएको थियो। साथै सयौं नेताहरुलाई सेनाले जेलमा हालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.