म्यानमारमा कम्तिमा ८९ जना प्रदर्शनकारी मारिए
यङ्गुन (एजेन्सी)। सेनाले सत्ता हातमा लिएपछि भएको विरोध प्रदर्शनले शनिबार म्यानमारमा उग्र रुप लिएको छ। शनिबार आर्म्ड फ़ोर्सेज डेका अवसरमा सेनाले गरेको कू विरुद्ध ठूलो संख्यामा मानिसहरु सडकमा निस्केको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको र कम्तिमा ८९ जना मारिएको बीबीसीले उल्लेख गरेको छ। मारिनेहरुमा केही बालबालिका पनि रहेको जनाइएको छ।
शनिबार भएको हिंसाको बेलायत, अमेरिकालगायत देशहरुले भत्सर्ना गरेका छन्।
गत फेब्रअुरीमा सेनाले कू गरेपछि शुरु भएको विरोध प्रर्दशमा हालसम्म ३५० जनाको मृत्यु भइसकेको छ। आर्म्ड फोर्सेज डेका अवसरमा विरोध प्रदर्शन भए कडा कारबाही गरिने चेतावनी दिएको सेनाले शनिबार प्रर्दशनकारीमाथि निर्मम रुपमा गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
उता राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सेना प्रमुख मिंग आंग लाइंगले आफूले लोकतन्त्रको रक्षा गर्ने बताएका छन्। उनले देशमा चुनाव गराउनेसमेत बताएका छन्। तर, उनले कहिले चुनाव गराउने भन्ने विषयमा भने कुनै मिति नतोकेको जनाइएको छ।
फेब्रुअरीमा सेनाले जनविर्नाचित सरकारलाई च्यूत गर्दै सत्ता हातमा लिएको थियो। साथै सयौं नेताहरुलाई सेनाले जेलमा हालेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment