ग्यास सिलिण्डर विष्फोटमा पूरै घर उड्यो, २ बालबालिकासहित ४ को मृत्यु
काठमाडौं। भारतको झारखण्डमा एक घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा २ बालबालिकासहित ४ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार झरखण्डको गिरिडिहको तिसरी थाना षेत्रमा बुधन राय नामका व्यक्तिको घरमा विष्फोट भएको हो । शनिबार अबेर राती सवा १० बजे सिलिण्डर विष्फोट हुँदा पूरै घर उडेको थियो ।
जानकारीअनुसार बुधन राय परिवारसहित खाना खाएपछि सुत्न गएका थिए । यही बीच राती सवा १० बजेतिर अचानक घरमा राखिएको सिलिण्डर विष्फोट भयो । विष्फोटमा बुधन रायकी पत्नी कामेश्वरी देवी, बुहारी सुनीता देवी, नाती आयुष कुमार र अर्का नवजात नातीको मृत्यु भएको छ । घरमा जीवित रहेकाहरु पनि घरको भग्नावशेषमा दबिएका थिए ।
बुधन रायले खानीमा विष्फोट गराउनको लागि विष्फोटक पदार्थको आपूर्ति गर्ने र घटनाका बेला उनको घरमा विष्फोटक पदार्थ समेत भएको बताइएको छ । डिएसपी सन्तोष मिश्राका अनुसार उद्धार कार्य भइरहेको छ ।







डिसी नेपाल








Facebook Comment