म्यानमारमा प्रर्दशनकारी मारिएपछि सेनाका जनरलले गरे भव्य पार्टी

डिसी नेपाल
१५ चैत २०७७ १८:१२
3.6k
Shares

काठमाडौं। शनिबार म्यानमारमा प्रदर्शनकारीमाथि त्यहाँको सेनाले चलाएको गोली लागेर कम्तिमा १०० जना मारिए पनि बेलुका राति सेनाका जनरलहरुले भव्य पार्टी गरेको खुलेको छ। शनिबार आम्र्ड फोर्सेज डेका अवसरमा सेनाले विरोध प्रदर्शन नगर्न चेतावनी दिएको थियो। तर, कू गरेको सेनाविरुद्ध प्रदर्शनकारी सडकमा निस्किए। त्यसपछि सेनाले बर्बरतापूर्वक प्रदर्शनकारीमाथि गोली चलायोर र ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिए।

गत फेब्रुअरीमा त्यहाँको जननिर्वाचित सरकारकालाई सेनाले च्यूत गर्दै सत्ता हातमा लिएको छ। नेतृ आङ साङ सुचीलगायत सयौं नेताहरुलाई नजरबन्दमा राखिएको छ। त्यसको विरोधमा सर्वसाधारणहरुले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरुका लागि शनिबारको दिन निकै विनाशकारी भएको बीबीसीले उल्लेख गरेको छ।

दिउँसो ठूलो संख्यामा जनता मारिएपनि राति सैन्य प्रमुख मंग आंग लाइंगले सेनाका जनरलहरुसँग भव्य पार्टी गरेको बीबीसीले स्थायी सञ्चार माध्यमहरुको हवला दिँदै जनाएको छ। शनिबारको घटनालाई लिएर सँयुक्त राष्ट्र संघ, अमेरिका, बेलायत, यूरोपेली युनियनलगायतले सेनाको आलोचना गरेका छन्। राष्ट्र संघका महासचिव एन्टनियो गुरेट्सले शनिबारको घटनाले आफू आहात भएको प्रतिक्रिया दिएका छन्।

(एजेन्सीहरुको सहयोगमा)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *