चीनका ९७ प्रतिशत अभिभावक भन्छन् – बच्चालाई अति हेरचाह सामान्य हो

डिसी नेपाल
१५ चैत २०७७ २३:१६
60
Shares

बेइजिङ् । चीनका अधिकांश अभिभावकलाई आफ्नो बालबालिकालाई धेरै हेरचाह गर्नु स्वाभाविक लाग्ने गरेको पाइएको छ ।
चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणका क्रममा ९७ प्रतिशत चिनियाँ अभिभावकहरुले आफ्ना छोराछोरीलाई धेरै हेरचाह गर्नु स्वाभाविक भएको बताएका हुन् ।

देशका एक हजार ५०० अभिभावकहरु सर्वेक्षणमा सहभागी भएका थिए । उनीहरुले आफ्ना बालबालिकालाई हरेक दिन धेरै चासो दिने गरेको जवाफ दिएका थिए ।

सर्वेक्षणमा सहभागी अधिकांश अभिभावकहरुले आफ्ना छोराछोरीहरुको हरेक गतिविधिलाई नजिकबाट नियाल्नु पर्ने बताएका थिए ।

उनीहरुले बालबालिकालाई हरेक गतिविधिमा सुझाव तथा निर्देशन दिने गरेको पनि बताएका छन् । सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.