तस्वीरमा हेर्नुहोस् सय वर्षपछि अस्ट्रेलियामा देखिएको अद्भूत दृश्य, हेर्न पर्यटक जान पाएनन्

डिसी नेपाल
१६ चैत २०७७ ११:२४
3.9k
Shares

काठमाडौं। यो फोटो अस्ट्रेलियाको १ हजार १४१ फिट अग्लो विशाल रातो चट्टान (उलुरु चट्टान) हो। मार्चमा पहिलो पटक यो चट्टान ४० वटा भन्दा बढी झरनाहरुले घेरिएको छ र यसले मानिसहरूलाई आकर्षित गरिरहेको छ। तर यो सुन्दर दृश्यलाई नजिकबाट अवलोकन गर्नको लागि मानिसहरु जान पाइरहेका छैनन् । यो चट्टाननको सांस्कृतिक महत्व छ ।

हरेक वर्ष विश्वभरबाट करिब ४ लाख पर्यटक यहाँ जाने गरेका थिए । तर सन् २०१९ मा यो स्थान पर्यटकका लागि बन्द गरिएको थियो। सरकारले यो चट्टान आरोहण गर्न प्रतिबन्ध लगायो । ३.६ किमी लामो र १.९ किमी चौडा यो चट्टान ६ करोड वर्षअघि बनेको विज्ञहरू बताउँछन्। उलुरु रकलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। भारी वर्षाको कारण अस्ट्रेलियाका हजारौं घरहरू भत्किएका छन् । ६० हजार मानिस प्रभावित छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बाढी प्रभावित क्षेत्रमा भ्रमण गर्दैछन् । आइतबार उनी पश्चिमी सिड्नीमा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.