यो कस्तो कानुन ? आमालाई आफ्नै छोरीको हातबाट मृत्युदण्ड दिइयो
काठमाडौं। एक महिलालाई बर्बरतापूर्ण मृत्युदण्डको कानुनअनुसार आफ्नै छोरीको हातबाट फाँसीमा झुण्ड्याइएको छ । मरयम करिमी नामकी ती महिलालाई आफ्ना हिंस्रक श्रीमानलाई आफ्ना पिताको सहयोगमा हत्या गरेको आरोपमा मृत्युदण्ड दिइएको हो । उनलाई रास्त केन्द्रीय कारागारमा मार्च १३ का दिन मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड पाउनुअघि मरयमले करिब १३ वर्ष जेलमा बिताएकी थिइन् ।
इरान इन्टरनेशनल टिभीका अनुसार मरयमकी आफ्नै छोरीले आमालाई मृत्युदण्ड दिएकी हुन् । मरयमले आफ्ना श्रीमानको हत्या गर्दा उनकी यी छोरी मात्रै ६ वर्षकी थिइन् र अहिले ती छोरीले आमालाई ब्लड मनी लिएर वा त्यसै माफी दिन अस्वीकार गरेर मृत्युदण्ड दिएकी हुन् । मरयमलाई इरानमा काइसास भनेर चिनिने ‘प्रतिशोध’ कानुनअनुसार उनकी छोरीले मृत्युदण्ड दिन पाएकी हुन् । यो कानुनलाई ‘आँखाको बदलामा आँखा’ कानुनको रुपमा पनि चिनिन्छ ।
काइसास अनुनअनुसार मृत्युदण्ड दिने बेला पीडितको सबैभन्दा नजिकको आफन्त मृत्युदण्ड दिने ठाउँमा उपस्थित हुन पाउँछन् र ती आफन्तलाई मृत्युदण्ड दिने प्रक्रियामा सक्रिय सहभागी हुन प्रोत्साहित गरिन्छ । एक सेतले इरान ह्युमन राइट्स नामक गैर सरकारी संस्थालाई बताएअनुसार मरयमकी छोरी आफ्ना पिताको हत्या हुँदा ६ वर्षकी थिइन् र त्यसपछि उनलाई उनका पिताको परिवारले हुर्काइरहेका छन् ।
इरान ह्युमन राइट्सले आफ्नो रिपोर्टमा लेखेको छ ‘विगत १३ वर्षदेखि उनीहरुले ती बालिकालाई उनका दुवै अभिभावक मरिसकेको बताउँदै आएका थिए । तर, उनीहरु केही हप्ताअघि उनलाई सत्य बताउन बाध्य भए ताकि उनले आफूलाई मृत्युदण्ड दिने प्रक्रियाका लागि तयार राख्न सकुन् ।’ संस्थाका निर्देशक महमुद अमिरी मोगादामले भने ‘कानुनले आफू ५ वर्षकी हुँदा आफ्नो पिताको हत्या भएकी एक किशोरीलाई आफ्नी आमाको हत्या गर्ने बनायो । यो इस्लामी गणतन्त्र इरानी समाजमा आज हिंसाको सबैभन्दा ठूलो प्रवर्धक भएको छ ।’
मृत्युदण्ड दिने क्रममा मरयमका पिता इब्राहिमलाई पनि आफ्नी छोरीको झुण्डिइरहेको शव हेर्नका लागि मृत्युदण्ड स्थलमा ल्याइएको थियो । यद्यपि कुनै कारणवश इब्राहिमलाई भने मृत्युदण्डको सजाय सुनाइएन ।







डिसी नेपाल








Facebook Comment