सगरमाथा आरोहणका लागि बहराइनका राजकुमार लुक्ला प्रस्थान

फुर्पा शेर्पा
१८ चैत २०७७ ९:३९
428
Shares

काठमाडौं। बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको टोली सगरमाथा आरोहणका लागि लुक्का प्रस्थान गरेको छ। राजकुमार खलिफाससिहतको १६ सदस्यीय टोली चार वटा हेलिकोप्टरमार्फत लुक्का प्रस्थान गरेका हुन्।

उनीहरु हेली एभरेष्ट, मनाङ एयर, माउन्ट एयर अल्टिच्युट एयरका चारवटा हेलिकोप्टरमार्फत सगरमाथा आरोहणका लागि लुक्का प्रस्थान गरेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार राजकुमारसहितको टोली दुई दिन लुक्कामै बस्ने र त्यसपछि नाम्चे बजार जानेछन्।

सगरमाथा आरोहणका लागि राजकुमार खलिफाको टोली ७९ दिने भ्रमणका लागि नेपाल आएको थियो। यसअघि सन् २०२० अक्टोबरमा सो टोलीले लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *