मेलम्ची खानेपानी आयोजनाको पानी आज राष्ट्रपतिले औपचारिक उद्घाटन गर्ने
फाइल फाेटाे।
काठमाडौं। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ।
गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले आज गर्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।
काठमाडौंमा विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment