शनिबार र विदाका दिन पनि बैंक खोल्न राष्ट्र बैंककोे निर्देशन

डिसी नेपाल
२८ चैत २०७७ १२:२४
100
Shares

काठमाडौं। राष्ट्र बैंकले बिदा र शनिबारको दिन समेत बैंक तथा वित्तीय संस्थालाई खुला राख्न निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेर वर्षमा ४ महिनामा (असोज, पुष, चैत, असार) सबै सार्वजनिक बिदाका दिनमा पनि कार्यालयहरू खोल्न निर्देशन दिएको हो।

यी महिनाका २५ गते र त्यसपछि मसान्तसम्म राजस्व सङ्कलन हुने भएकाले बैंकका शाखाहरू खोल्न राष्ट्र बैंकले निर्देशन दिएको जनाएको छ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आगामी वर्षभर ३२ दिन बिदा पाउने भएका छन्। राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीले ३२ दिन बिदामा बस्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष २०७८ मा बैंक बिदाको सूचनामा बैंकका कर्मचारीहरूले एक वर्षमा ३२ दिन घर बस्न पाउने व्यवस्था गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.