भ्रमण डटकमबाट भ्रमण प्याकेज लिनेलाई नयाँ वर्षकाे उपहार वाइन

डिसी नेपाल
३० चैत २०७७ १२:३३

काठमाडौं। भ्रमण डट कमले नयाँ वर्षको अवसरमा टुर प्याकेज लिने ग्राहकलाई वाइनको बोत्तल उपहार दिने भएको छ। नेपालको आन्तरिक पर्यटन विकासमा टेवा पुर्याउँदै आएको भ्रमण डटकमले नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकको चहलपहल बढ्न मद्दत पुगोस भन्ने उद्देश्येले यो अफर ल्याएको जनाएको छ।

बैशाख एक गतेदेखि सुरु हुने अफर कार्यक्रम १० गतेसम्म लागु हुने भ्रमण डट कमले जनाएको छ। ग्राहकले भ्रमण डटकमबाट अग्रिम बुकिङ समेत गर्न सक्ने छन्।

यस्तै कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा लक्की ड्र मार्फत विजेतालाई गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेको जनाएको छ। विजेतालाई वैशाख महिनाको अन्त्यमा विशेष उपहार प्रदान गरिने छ।

ग्राहकले कम्पनीको फोन, ह्वाट्स एप, भाइबर र इमेल ठेगानामार्फत बुकिङ गर्न सक्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *