माओवादी त्यागेर एमालेमा प्रवेश गरेका अर्का प्रदेश सांसदको पद गयो

डिसी नेपाल
३० चैत २०७७ १६:५०

काठमाडौं । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् ।

सोमबार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् ।

कर्णाली प्रदेशमा तत्कालिन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नम्बर १ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सभा सदस्य रेग्मी हालै मात्र एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।

कर्णाली सरकारविरुद्ध यसअघि तत्कालिन नेकपाकै केही प्रदेश सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गर्दा रेग्मीले पनि सो अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। कर्णालीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार छ।

यसअघि एमालेमा प्रवेश गरेका माओवादीका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने, दिनेश पन्थी र प्रदेश एकका टंक आङ्बो पदमुक्त भएका थिए । यस्तै, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग,वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसद पद नरहने गरी कारवाही गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *