चर्चा बटुल्दै शीतल शर्माको ‘पिरतीमा ए प्लस’

डिसी नेपाल
२ वैशाख २०७८ २०:५२
228
Shares

काठमाडौं। ‘पढाईमा त यो साल ब्याक लाइहाल्छ, पिरतीमा ए प्लस आइहाल्छ, घर ढुङ्गैको…’ गायिका शीतल शर्माको यो गीतले युट्युवमा चर्चा बटुल्दै गएको छ।

नेपाली नयाँ वर्षको अवसर पारेर सार्वजनिक भएको उक्त गीत साढे ८ हजार बढीले हेरेका छन्।

चर्तित गायक बैकुण्ठ महत र शीतल शर्माले आवाज दिएको उक्त गीतमा चर्चित मोडेल अञ्जली अधिकारी र अर्जुन गौतमले अभिनय गरेका छन्। शीतल शर्माको आफ्नै यूट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतको शब्द संकलन रमेश विजीले गरेका हुन्।

रमेश बिजीको मार्मिक शब्दमा बैकुण्ठ महतले मिल्दो संगित गरेका छन्। संगीत संयोजनको काम भने कृष्ण बिक (भाञ्जा)ले गरेका छन्। गीतको अडियो मिक्सिङ श्यामश्वत रसाईलीले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *