नबिल बैंकको ‘ढुक्क र दङ्ग’ अफर, आईकार्ड र क्रेडिट कार्डमा शतप्रतिशत सम्म छुट
काठमाडौं। नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ‘ढुक्क र दङ्ग’ अफर ल्याएको छ। बैंकले ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित सीमित अबधिका लागि अफर ल्याएको बैंकका प्रदेश २ म्यानेजर क्रिस्न श्रेष्ठले जानकारी दिए।
उनका अनुसार यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुट दिने व्यवस्था गरेको छ।
बैंकले नबिल आईकार्ड जारी गर्दा ५ सय डलरसम्म ७५ प्रतिशत र ३ सय डलर सम्मका लागि ५० प्रतिशत छुट दिने छ।
यस्तै क्रेडिट कार्ड जारी गर्दा शतप्रतिशतसम्म छुट दिने जनाइएको छ।
उक्त छुट अफर २०७८ बैशाख महिनाभर लागु हुनेछ। नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले छुट अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment