वित्तिय संस्थाको गुनासो सिधै राष्ट्र बैंकमा गर्न सकिने

डिसी नेपाल
९ वैशाख २०७८ १४:१२
20
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षणका लागि सञ्चालनमा ल्याएको वेव पोर्टलमार्फत् अब प्रत्यक्ष रूपमा वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंकमा गुनासो गर्न पाइने भएको छ। राष्ट्र बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था, एजेण्ट, भुक्तानी सेवा सञ्चालकहरुबाट सेवा लिदा कुनै गुनासो भए अनलाइनबाटै गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरेको हो।

अब सेवाग्राहीले अनलाइनमार्फत नै नियामक केन्द्रीय बैंकमा आफ्ना गुनासाहरु दर्ता गराउन सक्नेछन्। कानुनी पालना गराउन तथा ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्नका लागि नयाँ पोर्टल निर्माण गरी सेवा सुरु गरेको केन्द्रीय बैंकले जनाएको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले कारोबार नभए पनि खाताबाट रकम काटिएको, एटीएम कार्डहरूको प्रयोग गर्दा खाता डेबिट भइ गुनासो गर्दा पनि पैसा खातामा फिर्ता नभएको लगायतका गुनासो बढीमत्रामा गर्दै आउने गरेका छन्। यसलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यो पोर्टल सञ्चालन गर्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.