उपाध्यायको द घोस्ट्स इन द हिल्स उपन्यास सार्वजनिक
जर्मनी।बेलायत निवासी मानव अधिकारकर्मी डा. कृष्ण उपाध्यायले ‘द घोस्ट्स इन द हिल्स’ नामक अग्रेजी भाषामा उपन्यास प्रकाशित गरेका छन्। नेपालको तत्कालीन माओवादीको सशस्त्र आन्दोलनको विषयबस्तु जोडिएको सो पुस्तकको किण्डल संस्करण र एमाजोन मार्फत सार्वजनिक भएको लेखक उपाध्यायले जानकारी दिए।
सशस्त्र आन्दोलनमा क्रममा एक दलित बालिकाको साहसिक यात्राको वर्णन गर्दै सो उपन्यासमा नेपाली समाजमा द्वन्द्वको सुरुवात, विद्रोह र संघर्षको कथालाई उतारिएको छ। दाङ जिल्लाको थारु समुदायबाट शुरु भएको कथामा जानकी नाम गरेकी बालिकाको रोचक यात्राका साथै युद्ध र विद्रोहको कथा समेटिएको छ।
यो उपन्यास राज्य विरुद्ध सशस्त्र द्वन्द्वमा होमिएकी ती बालिकाको युद्धका संघर्ष, मर्म बिर्सनेहरु विरुद्धको फेरी अर्को विद्रोहको कथा पनि भएको उपाध्यायले बताए। नेपालको सशस्त्र माओवादी द्वन्द्वको बारेमा लेखिएकोे अंग्रेजी उपन्यासमा उपाध्यायले नेपाली समाजमा कायम विभेद र अत्याचारको गहिरोसँग चित्रण गरेका छन् भने कतिपय विभेद विरुद्धको लडाईं निकै पेचिलो र अप्ठ्यारो भएको तथ्यलाई पनि उजागर गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment