नेपाल बैंकले साढे ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

डिसी नेपाल
१० वैशाख २०७८ १३:४४
72
Shares

काठमाडौं। नेपाल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ। बैंकले वैशाख २६ गतेबाट उक्त ऋणपत्र खुला गरिने जनाएको छ।

वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर दिने गरी उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो।

प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३५ लाख कित्ता मध्ये १४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ। यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याएको छ भने २१ लाख कित्ता सेयर व्यक्तिगत रुपमा बिक्री गरिने भएको छ।

इच्छुक लगानीकर्ताले वैशाख २२ गतेदेखि ५ जेठसम्म आवेदन दिनुपर्ने छ। कम्तीमा २५ र बढीमा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.